चोरीमा संलग्न दुइ जना पक्राउ

चितवन । चितवन प्रहरीले चोरीमा संलग्न दुइ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर १६ नविनचोक र सोही ठाउँको गाविस चोकमा रहेको बिजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्रा.लि.को अठासी सय पर्ने ४ (चार) थान डिक्स बक्स चोरी गर्ने माडी नगरपालिका २ बस्ने २० बर्षिया कासी चौधरी र २२ बर्षीया श्रीकृष्ण महत्तोलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले गएको बैशाख ३१ गते राती ११ बजेको समयमा डिक्स बक्स चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि जेठ २ गते भरतपुर महानगर ७ बुद्ध चोकबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
स्थानीय रामकुमार चौधरीको घरमा डेरा गरी बस्ने उनीहरुको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४ चार थान डिक्ससमेत प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरु उपर आवश्यक कार्वाहीका लागी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरु यस अघि पनि चोरी कार्यमा संलग्न रहेको समेत प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्