काठमाडौँ उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना , १६८ जना संक्रमितको मृत्यु

वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण देखिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना रहेको छ ।
२४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संक्रमित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्