Techie IT
सोमबार, वैशाख २२,२०८२

संखुवासभाको केवा र टुटेमा हेल्पडेक्स


संखुवासभामा दोश्रो चरणको कोरोना संक्रमण फैलिएपछि स्वास्थ्ययले जिल्ला छिर्ने दुई नाकामा हेल्प डेक्स स्थापना गरेको छ । स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीका अनुसार केवाखोला र टुटे देउरालीमा हेल्प डेक्स स्थापना भएको हो । हेल्पडेक्समा २ जना स्वास्थ्यकर्मी २ जना प्रशासनका कर्मचारी २४ घन्टा खटिने छन् ।

हेल्पडेक्समा ज्वरो आएको, खोकी लागेको या कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएकाको एन्टीजिन परिक्षण गरिने बाह्रकोटीले बताउनुभयो । जिल्लामा शुक्रबारसम्म ९० जना संक्रमित छन् । त्यसमध्ये १४ जना आईसोलेसनमा छन् । जिल्ला स्वास्थ्यका सूचना अधिकारी रोषण श्रेष्ठका अनुसार ५५ जना होम आइसोलेसनमा छन् । उनीहरुको अवश्था सामान्य रहेको पनि श्रेष्ठले बताउनुभयो । बुधबार राति जिल्ला अस्पताल खाँदबारीले सार्वजनिक सवारी साधन चढेर काठमाण्डौबाट आएकाको एन्टीजिन परिक्षण गरेको छ । बसबाट आएका २ जनामा पोजेटिभ देखिएको थियो ।

संक्रमण फैलन नदिन उद्योग वाणिज्य संघले पसल व्यापार बन्द गरेको छ । सरकारी कडाइ फितलो छ । जसका कारण सर्वसाधारणमा सावधानी खासै देखिदैन । परीक्षणको दायरा बढाउने, आवश्यकताअनुसार क्वारेण्टाइन क्षमता बढाउने, संक्र्रमितलाई व्यवस्थापन गर्ने तर्फ ध्यान कसैको गएको छैन । संक्रमितको कन्ट्याक्टमा आउनेलाई पहिचान गर्न नसक्दा जोखिम उच्च रुपमा बढ्दै गएको छ ।


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545