नागरिकको स्वास्थ्यमा महानगरको योगदान,२ अस्पतालमा अक्सिजन प्लान्टको स्थापना

सीता पौडेल(अर्चना)
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाँसबारीमा अवस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्थापना गरेको अक्सिजन प्लान्टको आज शुभारम्भ गरिएको छ ।
दैनिक ४७ लिटरका १३५ सिलिन्डर उत्पादन क्षमता भएको उक्त प्लान्टको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज शुभारम्भ गरेका हुन । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।
प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, २ वटा अक्सिजन जेनेरेटरलगायतका उपकरण जडान गरिएका छन्
कामपाले गंगालालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै प्रमुख शाक्यले भने ,‘त्यतिबेला अक्सिजनको अहिलेजस्तो अभाव थिएन,त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ हुने आशा गरिएको छ ।’
उनका अनुसार अक्सिजनअक्सिजनआन्तरिक पाइप प्रणालीबाट विरामी भएको ठाउँसम्मै लगेर जडान गरिएको छ ।त्यस्तै उनले महानगरले अबको केही दिनमा नै कान्ति बालअस्पतालको प्लान्टको पनि सुभारम्भ गर्ने बताए ।
अस्पलालमै अक्सिजन उत्पादन गर्ने भएपछि गंगालाल अस्पतालले अब विरामीसँग अक्सिजनको पैसा नलिने प्रतिबद्धता जाहेर गरेको उनको भनाई छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##अक्सिजन प्लान्ट, ##सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्