डिएसपी रानाको एक्सन : ५१ हजार रुपैयाँ नगद सहित १० जुवाडे पक्राउ

चितवन । चितवन प्रहरीले जुवा खेल्दै गरेका १० जना जुवाडेलाइ बुधबार पक्राउ गरेको छ । पुर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित गैरीबारीमा रहेको अमर बहादुर खत्रीको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी खोलेसिमलबाट खटिएको प्रहरीको टोलीले एक बुक तास र अन्दाजी ५१ हजार ३८५ रुपैयाँ नगद सहित १० जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका ९ का ३८ वर्षीया नगेन्द्र श्रेष्ठ, सोही स्थानका २४ वर्षीया किशोर थापा, कालिका नगरपालिका ८ का ३९ वर्षीया जीवन भन्ने तुलाध्वज खत्री, सोही स्थानका ४० वर्षीया अजीत कुमार बल तामाङ, ३१ वर्षीया प्रकाश थापा, ४१ वर्षीया वासुदेव खत्री, ४० वर्षीया बुद्ध बहादुर मगर, २४ वर्षीया सुमन नेपाल, १९ वर्षीया रेशम प्रजा, ३३ बर्षीया यादव कुमार चेपाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनका प्रहरी प्रमुख इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेकाहरुलाइ अहिले आवश्यक कार्वाहीका लागी आफ्नु नियन्त्रणमा राखेको बताए । उहाँहरु हाम्रो नियन्त्रणमा हुनुहुन्छ, हामीले अनुसन्धान गरिरहेका छौँ, उनलेे भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्