Techie IT
बिहीबार, फागुन १,२०८१

संचार केन्द्र नेपालको ‘लागू औषधदुव्र्यसन नियन्त्रण, सचेतीकरण र सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


सवैको सहयोगले लागु औषध नियन्त्रण गर्न सकिने काठमाडौँ, सवैको समन्वयमा नै अहिले बढीरहेको लागु औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सरोकारवाला निकायले बताएका छन् । संचार केन्द्र नेपालले  आयोजना गरेको ‘लागू औषधदुव्र्यसन नियन्त्रण, सचेतीकरण र सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले लागु औषध दुव्र्यसनले समाजलाई नै नकारात्मक प्रभाव पार्ने भएकोले सवैको सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताएका हुन । कार्यक्रममा गृहमन्त्रालयका लागु औषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले लागु औषध दुव्र्यसन नियन्त्रणका लागि सवैको सहयोग र समन्वय हुनुपर्ने बताउनुभयो ।

‘‘लागु औषध दुव्र्यसन नियन्त्रण गर्नु भनेको समाज परिवर्तन गर्नु हो’’ उहाँले भन्नुभयो–‘‘त्यसैले सरकारले मात्र नियन्त्रण गर्न सक्दैन । राजनीतिक दल, नागरिक समाज र संचारकर्मीको सहयोग चाहिन्छ ।’’ सहसचिव दुवाडीले सुखी नेपाल र समृद्धि नेपाल अभियानलाई सफल बनाउनका लागि लागु औषध दुव्र्यसन नियन्त्रण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । ‘‘अहिलेका युवालाई बचाउनका लागि लागु औषध दुव्र्यसनको कुलतमा फसेको छन’’ उहाँले भन्नुभयो–‘‘तिनीहरुलाई लागु औषधबाट नियन्त्रण गरी मु्लुकको समृद्धितर्फ लगाउनु पर्दछ ।’’ उहाँले स्थानीय तहसंग समन्वय गरेर लागु औषध दुव्र्यसन नियन्त्रणका लागि चाडै नै अभियान संचालन गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ठूले राईले चिकित्सकले लेख्ने पर्चाबाट नै प्रयोग हुने लागु औषध नियन्त्रण गर्न कठिनाई भएको बताउनु भयो । उहाँले गाँजा, चरेश, अफिम, कोकिन भन्दा पनि ‘यावा’ र ‘आइस’ नामका लागु औषधको प्रयोग बढेको बताउनुभयो । उहाँले प्रहरीले भर्खर मात्र ‘यावा’ र ‘आइस’ जस्ता लागु औषध ६ जनाबाट ७ हजार १४० ट्वालेट वरामद गरिएको जानकारी गराउनुभयो । उहाँले बर्षेनी लागु औषध दुव्यर्सन बढेको भन्दै नियन्त्रण गर्नका लागि सवैको आवश्यक रहेको बताउनुभयो ।

डिआईजी राईले स्कुल तहदेखि नै लागु औषध नियन्त्रण सम्बन्धि पाठ्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा , उच्च माध्यामिक विद्यालय संघ (हिसान)का सचिव रामहरि सिलवाल, निजी तथा आवसिय विद्यालय संगठन नेपाल (प्याव्सन)का उपाध्यक्ष दिपिका थापा र नेपाल निजी तथा आवसिय विद्यालय संगठन नेपाल (एनप्याव्सन)का अध्यक्ष ऋतुराज सापकोटाले खेलकुद र संगीत शिक्षक जस्तै लागु औषध नियन्त्रणका लागि शिक्षक राख्ने बताउनुभयो ।

कार्यक्रममा लागु औषध नियन्त्रण संस्था नार्खुनन नेपालका पुजा कुँवर र वे अफ लिभिङका अध्यक्ष प्रशान्त शर्माले संस्थाले मात्र लागु औषध नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईले लागु औषधका दुव्र्यसनी बढीरहेकोले संचारकर्मीले समेत दुव्र्यसनी सम्बन्धि समाचार प्रकाशन गरेर नियन्त्रणमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गदै पत्रकार सागर पण्डितले देशको अमूल्य जनशक्तिको रुपमा रहेका युवा पिढि लागू औषध दुव्र्यसनको चपेटामा पर्न गई देशको उन्नतिप्रगति, एवं समृद्धिमा समेत गम्भीर वाधापुग्ने भन्दै सवैको सहयोगबाट नै लागु औषध नियन्त्रण गर्नुपर्ने बताउनुभयो । गृहमन्त्रालयका अनुसार अहिले लागू औषध दुव्र्यसनको जालोमा १ लाख ५६ हजार युवायुवती फसेका छन । जसमध्ये ४ हजार मात्रै पुर्नस्थापना केन्द्रमा र वाकी १ लाख ५२ हजार वाहिरै रहेका छन ।

लागु औषध दुव्र्यसनीको वृद्धि दर बर्षेनी ११.३६ प्रतिशतले वढिरहेको छ । ५७ प्रतिशत दुव्र्यसनी सूइको माध्यमद्धारा र वाकी अन्य माध्यम औषधीजन्य लागू पदार्थ दुव्यर्सनीमा फसेका छन । 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545