मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

चितवन । मानव बेचविखन र ओसारपसारमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर ४ घर भइ राप्ती नगरपालिका वर्डा नम्बर ०४ मा होटल सञ्चालन गर्दै आएका ४० बर्षिया कुमार गौतम रहेका छन् ।
गौतमले आफ्नै रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्न बसेका तीन जना महिलाहरुलाई ईच्छाबिपरित करकापमा पारी वेश्याबृतीमा लगाउने गरेको भन्ने विशेष सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
(एसपी) अधिकारीका अनुसार अनुुसन्धान गर्दै जाँदा उनलेे निश्चित रकम लिइ वेश्याबृतीमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए । पक्राउ परेका गौतममाथि मानव बेचविखन तथा ओसारपसार कसूरमा बैशाख ४ गते देखि लागु हुने गरी सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्