तारकेश्वर नगरस्तरीय राट्रिय सगीतकर्मी संघको प्रथम भेला तथा शुभकामना आदान – प्रदान कार्यक्रमा सम्पन्न

सीता पौडेल (अर्चना)
काठमाडौं । तारकेश्वर नगरपालिकास्तरीय राट्रिय सगीतकर्मी संघको प्रथम भेला तथा नयाँ वर्ष २०७८को शुभकामना आदान – प्रदान कार्यक्रमा सम्पन्न भएको छ ।
शनिबार राष्ट्रिय संगीतकर्मी संघ काठमाडौंद्धारा आयोजित उक्त कार्यक्रम तारकेश्वरको लोकतान्त्रिक चोकमा अवस्थित एक पार्टी प्यालेसको सभाहलमा सम्मन्न भएको हो ।
‘ हाम्रो कला र संस्कृति गौरवपूर्ण सान , कलाकर्मी उत्थानको लागि हाम्रो अभियान ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गदै आएको संघको प्रथम भेलाले नयाँ कार्य समितिसमेत चयन गरेको छ । भेलाले कलाकार अजय अधिकारी (शुशिल)अध्यक्ष ,कलाकार अस्मिता धमला उपाध्यक्ष र कलाकार सविन गौतम सचिव रहने गरि अन्य पदाधिकारी र सदस्यहरुसाथमा सर्वसम्मतिबाट नयाँ कार्य समिति चयन गरेको हो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत थापाले नगरभित्र विधिन्न मौलिक संस्कृतिहरु रहेकाले ती संस्कृतिको जर्गेना गर्न कलाकार तथा संघसमक्ष अनुरोध गरे । नगर तथा वडाको विकासका लागि कलाकारको महत्वपूर्ण भूमिका रहने भन्दै कला तथा संस्कृतिको जर्गेनाको अभियानमा वडाको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरे । त्यस्तै कार्यक्रममा प्रध्यापक डां. प्रदिप चन्द्र गौतमले संगीत सबैको साझा भाषा भएको धारणा व्यक्त गरे ।
संघले नगरभित्रका टोलटोलमा लुकेर बसेका प्रतिभाको खोजी गरि उनिहरुको प्रतिभालाई प्रस्फूटन गराउने तथा गीतसंगीत,कला र संस्कृतिको जर्गेना गर्ने संगीतकर्मीहरुलाई एकिकृत गर्ने जस्ता उद्देश्यले यस्ता विविध कार्यक्रमहरु आयोजना गदै आएको आयोजकको भनाई छ।
क्याटेगोरी : समाचार
ट्याग : ##राट्रिय सगीतकर्मी संघ, #breaking, #तारकेश्वर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्