कोभिड देखिए विद्यालय बन्द गर्नू : काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सङ्क्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।
कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्