एमालेभित्र तीस लाख ‘चोरी’को कुरा उठ्यो, नेताहरूबीच हँगामा

काठमाडौं, २० चैत । एमालेका नेता खगराज अधिकारीले कास्कीमा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यक्रममा पाँच सय पनि नेता कार्यकर्ताको उपस्थिति नरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान कुरा गर्दै नेपाल–खनाल समूहमा नलाग्न कास्की एमालेका नेताहरूलाई सचेत गराएका छन् । उनले नेपाल–खनाल समूहमा लागेमा कारबाही हुने बताए । ‘नेपाल–खनाल समूहमा लागेका मेयरसहितका जनतप्रतिनिधिलाई कारबाही हुन्छ’, नेता अधिकारीले बताए । नेपाल समूहलाई प्रचण्डको नर्सरी भएको उनले बताएका छन् ।
पार्टी हितविपरित, अपराधपूर्ण गतिविधिमा लागेका नेता नेपालको सांसद पद खोस्ने अधिकारीले चेतावनी दिएका छन् । देशी–विदेशी तत्वको उक्साहटमा नेपाल लागेको उनले बताए ।
नेपालले विगतमा केपी ओली, शंकर पोखरेल, मलगायत धेरै नेताहरूलाई कारबाही गरेको बताएका अधिकारीले नेपाल समूहलाई सुध्रिन सचेत गराएका छन् ।
नेता अधिकारीले भीम रावलले पार्टीको ३० लाख कहाँ लगेर दिएको हो ? भनेर प्रश्न गरेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर संकेत गर्दै उनले भने, ‘भीम रावलजीले पार्टीको ३० लाख कहाँ लग्नुभयो ? त्यो पैसा कप्फर्टेबललाई बुझाउनुभयो । उहाँको कार्यकर्ताले मूल्यांकन गरेका छन् ।’
विगतमा वामदेव गौतमले पार्टी फुटाउन गरे गतिविधि जस्तो नेपाल–खनाल समूहले हर्कत गरेको एमालेका नेता अधिकारीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्