बरु एमाले छाड्न तयार तर बालुवाटारमा हुने पार्टीका बैठकहरूमा सहभागी नहुने : माधव नेपाल

काठमाडौं, १४ चैत । एमालेका वरिष्ठ नेता माधव नेपाल बालुवाटारमा हुने पार्टीका बैठकहरूमा सहभागी नहुने भएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका नेता नेपालले पार्टीका कार्यक्रमहरू बालुवाटारमा नराख्न सुझाव दिएका छन् । उनले पार्टी कार्यालय वा संसदीय दलमा राख्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।
नेपाल निकट मानिने एमालेका नेता जगन्नाथ खतिवडाले बालुवाटारमा हुने बैठक र कार्यक्रममा जान नसकिने बताए । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, ‘माधव नेपालज्यूले पार्टी वा संसदीय दलको कार्यालयमा बैठक राख्न अनुरोध गर्नुभएको छ । बालुवाटारको बैठकमा जानु हुँदैन । बरु पार्टीले कारबाही गरे भोग्न तयार छौँ ।’
नेता नेपालले पार्टीले कारबाही गरे पनि आफू बालुवाटरमा हुने बैठकमा नजाने कुरा सुनाएको खतिवडाले बताए । नेता नेपालले बालुवाटारमा नजाने बताउँदै आएका छन् । शुक्रबार पनि नेपाल बालुवाटार गएनन् ।
अध्यक्ष ओलीले आफूलाई कारबाही गरे पनि नेपालले बालुवाटारको ढोका नकुल्चने बताउने गरेका छन् ।
ओलीले नेता नेपाल र भीम रावलको स्पष्टीकरणको जवाफसम्बन्धी पत्रप्रति असन्तुष्टि जनाइसकेका छन् । ओलीले नेपाल र रावललाई कारबाही गर्ने योजना बनाएको चर्चा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्