अपराह्नपछि पहाडका केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही भूभागमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।पश्चिमी वायु सँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।
मौसमविद्काअनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो पानी पर्ने सम्भावना भने छैन । अझै दुई–तीन दिन देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको जनाईएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## मेघगर्जनसहित वर्षाको सम्भावना, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्