काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकियो ,आगामाी वैशाखमा काष्ठमण्डपको नयाँ स्वरुप देख्न पाइने

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण कार्यं भइरहेको छ ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको थियो । शुरुवाती चरणमा निर्माका सामाग्रीहरु समयमै उपलब्ध गराउन नसक्दा काम ढिला भएको तर अहिले तिब्र रुपमा काम भइरहेको बताइएको छ ।
निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमित रूपमा खटिइरहेका छन् । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम यो महिनाभित्रै सकिने र आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।
यस ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणका लागि केही काठ पुरानै प्रयोग भएता पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरणबद्ध रुपमा ल्याइएको समितिले बताएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##९० प्रतिशत, ##काष्ठमण्डप पुनःनिर्माण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्