व्यवसायी महासंघको दोश्रो महाधिबेशन चैत ७ मा
महासंघ

काठमाडौँ, । सम्पूर्ण उद्योगी व्यवसायी एक हौ भन्ने मूल नारा सहित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिबेशन तथा तेश्रो साधारण सभा यही चैेत्र ७ गते हुने भएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादी महाधिवेशनको प्रधानमन्त्रीे केपि शर्मा वलिले उद्घाटन गर्नुहुने छ ।
उक्त महाधिबेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने बताइएको छ ।
नयाँ नेतृत्व परिवर्तनका लागि निर्वाचन हुने संकेत देखिएको एक व्यवसायीले बताएका छन् । उनका अनुसार आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष नरेस कटुवाल र कुमार कार्कीको विचमा कमजोर प्रतिष्पर्धा देखिएको छ । तर यता कतिपय व्यवसायीहरुले नयाँ नेतृत्वका लागि युवाहरुको सक्रियता बढ्दै गएको बताएका छन । युवाहरु सक्रिय हुदा कुमार कार्की कमजोर हुने बुझिएको छ ।
विभिन्न परिस्थितीमा साना तथा मझौला उद्योगी,वयवसायीहरुको साझा समस्या र ति समस्याको समाधानका लागि युवा व्यवसायीहरुले आफ्नो मुद्धामा समेट्न लागेकोले अवको महासंघको नेतृत्व युवाहरुको काधमा जान सक्ने संकेत देखिएको बताइएको छ ।
उक्त महाधिवेसनमा युवाहरुले नेतृत्व लिन सक्ने प्रवल सम्भावना रहेको देखिएको जानकारहरु बताउछन यसको एउटै हो कारण महासंघ अन्तर्गतका छाता संगठनहरुमा युवा नेतृत्वको वर्चस्व रहेकोले पनि नेतृत्व युवाहरुको हातमा जाने देखिएको हो , साथै महिलाहरुलाई नेतृत्वमा समान अवसर सहित चुनावी मैदानमा होमीने गरि युवाहरले रणनिती अख्तियार गरेको बताइएको छ ।
युवा व्यवसायीहरुले आर्थिक उपार्जन तथा स्वरोजगार निर्माण गरि नेपाल तथा नेपाल बाहिर रहेका नेपालीहरुलाइ समेत नेपाल आएर व्यवसाय गर्न सक्ने वातावरणको नर्माण गर्न युवाहरुले आगामी नेतृत्व सम्हाल्न अति आवश्यक भएको समेत बताइएको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्