Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले र माओवादी केन्द्र फरक फरक दल भएको निर्वाचन आयोगको स्पष्टोक्ति


सीता पौडेल, काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि फरक फरक राजनीतिक दलका रूपमा रहेको स्पष्ट पारेको छ ।

आयोगको आज बसेकको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै अब यी दुइ दल बेग्लाबेग्लै दल कायम हुने निर्णय गरेको हो ।

आयोगका अनुसार  दुइ दलले  पुनःएकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आ–आफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित तत्पश्चात बन्ने  नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन सकिन्छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, ##दुइ दल बेग्लाबेग्लै दल कायम हुने, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545