देशभरका पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिदै

सीता पौडेल,
काठमाडौं। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र पहिलेकै अवस्थामा रहने भन्ने फैसलापछि नेकपाले देशभरका पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गदै छ ।
यो सँगै पार्टी कार्यालयहरु पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् । हिजो मोरङको पार्टी कार्यालयको नाम परिवर्तन गरिएको र आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको सानबोर्ड राखिएको नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीका सचिव विष्णु सिग्देलले बताउनु भयो ।
उहाँले भन्नु भयो , ‘हिजो मोरङको पार्टी कार्यालयको बोर्ड परिवर्तन गरियो । आज विहान धुमबाराहीको मुख्यालयमा एमालेको साइनबोर्ड राखिएको छ । यस्तै गण्डकी प्रदेस कमिटिको पोखरामा रहेको कार्यालयको पनि वोर्ड परिवर्तन गरि सकिएको छ । आदालतको फैसलाको कार्यान्वयनका लागि देशभरका पार्टी कार्यालयहरुमा (नेकपा) को बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एमाले को बोर्ड राखिएको हो ।’
अब देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्ने काम छिटै सम्पन्न गर्ने एमाले निकट नेता तथा कार्यकर्ताहरुको हरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking, #साइनबोर्ड परिवर्तन गरिदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्