चितवन प्रहरीको एक्सन : ४ किलो गाँजा सहित तीन जना पक्राउ

चितवन । चितवन प्रहरीले ४ किलो अवैध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका ११ जखेडीमाई मन्दिरस्थित प्रहरी विट गणेशस्थानबाट खटिएको प्रहरीको गस्ती टोलीले हिजो (बिहीबार) साँझ अन्दाजी ६ बजेको समयमा अवैध गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।
सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ प १९२ नम्बरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २ बेलटाँडी बस्ने वर्ष २१ को श्याम थापा क्षेत्री र सोही ठाउँ बस्ने वर्ष ३२ को टेकेन्द्र राजबंशी, ईच्छाकामना गाउँपालिका ७ बस्ने बर्ष ३२ को भिमराज गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरूलाइ हिजो (बिहीबार) देखी नै लागु हने गरी सम्मानित चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गत, फागुन २ गतेदेखि चितवनको प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनुभएका (एसपी) अधिकारी लागुऔषध गाँजा ओसारपसारका विरुद्धमा सशक्त भएर लाग्न मातहतका प्रहरी इकाइहरुलाइ निर्देशन दिदै आएपछि उनको टिमले सफलता हासिल गर्दै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्