टोखा नगरपालिकामा कहाँ लगाउन पाइन्छ कोभिड -१९ विरुद्धको खोप ? सूचि सहित
टोखा नगरपालिकामा फागुन २३ गतेदेखि कोरोना विरुद्धको कोभिड १९ खोप अभियान सुरु गरिने भएको छ। टोखा नगरवासीलाई खोप लगाउन जानू पुर्व आफुलाई पाएक पर्ने स्थानमा गइ उमेर खुल्ने नेपाल सरकारबाट जारी भएको परिचयपत्र लिएर जा हुन समेत नगरवासीहरुमा टोखा नगरपालिकाले अनुरोध गरेको छ।
टोखा नगरपालिकाका वडावासी नागरिकहरु लक्षित कोभिड(१९ खोप अभियानको लागी तीन वटा केन्द्रहरु पनि टोकिएको छ। ती केन्द्रहरुमा टोखा नगरपालिकाको वडा नं। १,२ र ३ को खोप केन्द्र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा २ , टोखा नगरपालिकाको वडा नं। ४,५,६,७,र ८ को खोप केन्द्र ग्राण्डी ईन्टरनेशनल अस्पताल र टोखा नगरपालिकाको वडा नं।९, १० र ११ को खोप केन्द्र अल नेपाल अस्पताल सामाखुसि टोकिएको टोखा नगरपालिकाकि उप – प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन्।
यस चरणमा फागुन २३ गते देखि चैत्र २ सम्म ६५ वर्षदेखि माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ भने त्यस्तै चैत्र ४ गते देखी चैत्र १५ गतेसम्म ५५ वर्षदेखी ६४ वर्ष सम्मका उमेर समुहका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #कोभिड–१९ विरुद्धको खोप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्