एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।
स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ । विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अविभावक भीमबहादुर उखेडाले बताउनुभयो ।
विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उहाँको आरोप थियो । विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्