जब प्रहरी आफैं लुटेरा बनेपछि…….
चितवन । शान्तिसुरक्षा नियन्त्रण गनुपर्ने प्रहरी आफैं नै लुटेरा बन्छन् भने आम नागरिकले सुरक्षाको अनुभुती कसरी गर्ने ? हो, यस्तै भएको छ चितवनमा जुवा खेल्न गएका ब्यक्तिलाइ पक्राउ गर्नुपर्ने स्वयं प्रहरीले नै उनीहरु लाइ पक्राउ नगरी पैसा लुटपाटमा संलग्न भएपछि घुमुवा प्रहरीहरुको असली नियत छताछुल्ल भएको हो ।
हिजो (बिहीबार) साँझ भरतपुर महानगरपालिका ११ स्थित गोर्खालीटोलमा केही समुह जुवा खेल्न जाँदै थिए । त्यसको सूचना चितवनका दुइ जना घुमुवा प्रहरीहरुले पनि पाए, जुवा खेल्न गएका समूहलाइ पक्राउ गरेर कानुनी कठघरामा उभ्याउनुपर्ने स्वयं प्रहरी नै पैसा लुटेर भागेका थिए ।
कप्र स्रोतका अनुसार कौडा र अन्दाजी ७० हजार रुपैयाँ बाटोबाटै लुटेर लैजाने घुमुवा प्रहरी जवानद्वय दिपक खनाल र राजकुमार बिकलाइ चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको ठाडो आदेशमा घुमुवाको जिम्मेवारीबाट हटाइ छानबिन थालिएको हो ।
लुटपाटमा संलग्न भएका प्रहरीद्वय यसअघिका (एसपी) नान्तीराज गुरुङका बिश्वासिला घुमुवा थिए । उनीहरुको कमाण्डर असइद्वय सुरज रिमाल र ठाकुर पनेरु रहेका थिए । रिमाल २१ दिने सिन्धुली तालीममा गएपछि पनेरुले घुमुवाको नेतृत्व गर्दै आएका थिए । यसअघिका एसपी गुरुङले परिचालन गरेका उनीहरु सादा पोशाकमा खटी अतिरिक्त अशुली धन्दामा सक्रिय रहदै आएको स्रोत बताउँछ । उनकैको कार्यकालमा दुइ सातामा तीन जना घुमुवा प्रहरीलाइ हेड्क्वाटर नै तानियो भने, २,१०० सय रुपैयाँ घुस लिएको आरोपमा तीन जना प्रहरीलाइ प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएर निलम्बन गरेको थियो ।
अपराध नियन्त्रणका लागी घुमुवामा परिचालित यहाँका केही प्रहरी आफैं लुटेरा बन्नुको घट्नाले पनि चितवनमा प्रहरीले नियन्त्रणमा लिने शान्तिसुरक्षा प्रति आम नागरिकले शंका समेत गर्न थालेका छन् । घुमुुुवा प्रहरी आफैं नै लुटपाटमा संलग्न भएपछि अहिले चितवनमा घुमुवा प्रहरीहरु तितरबितर भएको स्रोत बताउँछ ।
उनीहरुलाइ अहिले घुमुवाको जिम्मेवारीबाट हटाइएको छ भने, बिहीबारकै घट्नाले घुमुवामै रहेकी बदनाम प्रहरी जवान कल्पना घिमिरेलाइ ईलाका प्रहरी कार्यालय फुलबारी पठाइएको छ । त्यस्तै, अन्य प्रहरीलाई समेत चुस्ता लगाइ गेट बाहिर निस्किन दिइएको छैनन् । घिमिरे तत्कालीन एसपी गुरुङका बिश्वासिला घुमुवा थिए । अदालतमा गेट ड्युटी गर्दै आएका उनलाई एसपी गुरुङको निर्देशनमा ६ महिनाअघि मात्रै घुमुवामा खटाइएको थियो ।
बदनाम भएपछि उनलाई हटाइएको छ । यस बिषयमा चितवन प्रहरीले आफ्नु कुनै पनि आधिकारिक सूचना सार्वजनिक गरेको छैनन् भने, घट्नालाइ गुपचुप पार्न खोजिएको एक जुनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्