ओली पक्षको स्थायी कमिटी बैठक आज पनि बस्ने
काठमाडौँ । नेकपा ओली पक्षको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली पक्ष पछिल्लो समय परामर्श र बैठकमा व्यस्त छ ।
बुधबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने निष्कर्ष निकालेको थियो ।
विश्वासको मत जित्नका लागि अबको रणनीति कस्तो हुनुपर्ने भन्ने विषयमा छलफल हुन लागेको अनुमान गरिएको छ ।
अदालतको आदेश अनुसार अगाडि बढ्ने तयारीमा समेत ओली पक्ष देखिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली पक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्