बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि कांग्रेस कार्यकर्ताको आक्रमण प्रयास

सिन्धुपाल्चोक । सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्न हिँडेका बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमण प्रयास गरेका छन् ।
काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् ।
पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएको थियो । भनाभनकै बीचमा कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको शेर्पाले बताए ।
‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नुपर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउँ खोजे ।’ शेर्पाले भने, ‘त्यतिकैमा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले ममाथि आक्रमणको प्रयास गर्यो ।’
बस्नेत स्थानीय तह निर्वाचनमा शेर्पाका प्रतिस्पर्धी थिए । कांग्रेस कार्यकर्ताले आफूलाई ज्यानमार्ने धम्की समेत दिएको शेर्पाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #बाह्रविसे नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्