सहकारी साक्षरता तथा वित्तीय व्यवश्थापन तालिम सञ्चालन

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको सहकारी शाखाले सहकारी साक्षरता तथा वित्तिय व्यवश्थापन सम्बन्धि तीन दिने तालिम शुरु गरेको छ ।
बिहीवारदेखिको वडा नम्बर ३ को कार्यालयको एक सभाहलमा तालिम शुचारु भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र हालसालै शुरु भएका ४ वटा बहुउद्देश्यीय सहकारी संस्था र एउटा बचत तथा ऋण सहकारी संस्था गरि ५ वटा सहकारीका करिब ४० जना महिलादिदीबहिनीहरुले निकै उत्सुकताका साथ तालिममा सहभागिता जनाउनु भएको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनु भयो ।
सहकारीलाई व्यवस्थित तवरले कसरी सञ्चालन गर्ने, यसको विस्तार र स्तरोउन्न्तीमा ध्यान दिइ सहकारीको वित्तिय व्यवस्थापनलाई कसरी चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा सहभागीहरुलाई पोख्त बानाउने उद्देश्यले तालिमको आयोजना गरिएको उपप्रमुख डङ्गोलको भनाई छ ।
तालिम हरेक दिन ५ घण्टा ३ वटा चरणमा सञ्चालन भइरहेका नगरपालिकाको सहकारी साखाले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #टोखा नगरपालिका, #सहकारी साक्षरता तथा वित्तीय व्यवश्थापन तालिम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्