ओली सरकारको सुशासन : तरुण दलका तत्कालीन चितवन जिल्लाका अध्यक्ष पौडेलको हत्यामा संलग्न ३ जनालाई आममाफी

चितवन । कर्तव्य ज्यान सम्बन्धि गम्भीर कसुरमा सजाय पाइ जेल जीवन बिताइरहेका तीन जनालाइ भरतपुर कारागारले बिहीबार रिहा गरेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएको भन्दै बाँकी रहेकोे कैद मिनाह गर्न कारागार ब्यावस्थापन बिभागमा सिफारिस गरेसंगै भरतपुर कारागारले उनीहरुलाइ छाडेको हो ।
२०६८ पौसमा भरतपुर कारागारभित्रै तरुण दल चितवन जिल्लाका अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परी जन्मकैदको फैसला सुनाइएका फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाइ आज (बिहीबार) रिहा गरेको हो । उनीहरु तत्कालिन नेकपा एमाले निकट युवासंघका कार्यकर्ता हुन् ।
कारागारभित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले आममाफीको सिफारिस गरेपछि ओलि सरकारको सुशासनको यतिबेला सवत्र आलोचना समेत भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको बाँकी कैद माफी मिनाहा गरेको हो । राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस लगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
भएको के थियो ?
भाइको हत्याको अभियोगमा थुनिएका बन्दीहरूको एउटा समूहले २०६८ साल मङ्सिर २० गते भरतपुर कारागारभित्रै फणीन्द्र श्रेष्ठको समूहले तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलमाथि आक्रमण गरे । आक्रमणबाट सख्त घाइते भएका पौडेलको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार हुँदै गर्दा पुस २ गते मृत्यु भयो ।
कारागारका तत्कालीन सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक (सइ) शिवराज क्षेत्री अघिल्लो साँझ देखी बाहिर नै थिए । घटनाको मूकदर्शक बनेका कारागार सुरक्षा पोष्टका केही प्रहरीले दुई राउण्ड हवाइ फायर गर्नु बाहेक अन्य केही गरेनन् । गृहमन्त्रालयले चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी खिनु आचार्य, जेलर, सुरक्षा प्रमुख र चाबीको जिम्मा लिने कार्यालय सहयोगी सहित पाँच जना प्रहरीलाई निलम्बन गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश मोहनप्रकाश सिटौलाको संयोजकत्वमा न्यायिक छानबिन समिति समेेत गठन गर्यो ।
सञ्जय लामाको हत्या अभियोगमा शिव पौडेललाई कारागार चलान गरिने भएपछि जेलमा हुनसक्ने मूठभेड टार्न तत्कालीन जेलर चुडामणि शर्मा गौतमले पौडेलसँग रिसइबी भएको फणिन्द्र श्रेष्ठको समूहलाई अन्यत्र सार्न ३ असोजमा जिल्ला प्रशासन कार्यालय चितवनमा लेखेको र तत्कालीन प्रजिअ वसन्तराज गौतमले भोलिपल्टै कारागार व्यवस्थापन विभागमा त्यसको सिफारिस गरेका थिए ।
५ असोजमा अदालतले पौडेललाई थुन्न आदेश दिएपछि विभागको अनुमति पर्खिरहेको कारागार प्रशासनले विभागले केही नगरेपछि ८ असोजमा जोखिमका बीच पनि उनलाई लियो । त्यहीं दिन विरोधी समूहलाई सार्न जिल्ला अदालतको स्वीकृत पाएको कारागारले विभागको अन्तिम स्वीकृत पाएन । टेलिफोनबाट पटक पटक आग्रह गर्दा पनि तत्कालीन महानिर्देशक दुर्गाप्रसाद भण्डारीले ‘आकाशै खस्न लाग्यो कि क्या हो ?’ भनेर हकारेको एक कर्मचारी सुनाउँछन् ।
३ कात्तिकमा एकमुष्ट ३० जना बन्दी स्थानान्तरणको अनुमती माग्दै कारागारले फेरी विभागलाई पत्र लेख्यो । जवाफमा विभागले ७ कात्तिकमा पत्र लेखेर तीन जनालाई भीमफेदी कारागार सार्न निर्देशन त दियो, तर तिनमा पौडेल वा श्रेष्ठ समूहका कोही परेनन्; बरु दुवै थरीलाई मिलाउन प्रयास गरिरहेका र कारागारको सुरक्षामा कुनै चुनौती खडा नगरेका नाइके निकेश भण्डारी र भाइनाइकेहरू लक्ष्मीराज पौडेल र दिवाकर श्रेष्ठ सारिए ।
सुरक्षाको कारण सार्न आग्रह गरिएकालाई केही नगरी मिलाउन खोज्नेलाई लखेट्नुले कारागारमा झ्न् असुरक्षा त बढायो नै । “निकेशले पौडेल र श्रेष्ठलाई सँगै राखेर मेलमिलापका लागी छलफल समेत गराए ”, भरतपुर कारागारका तत्कालीन खरिदार रामबाबु श्रेष्ठ भन्छन्, “सबैको मन जित्ने खुबी भएका उनी गएपछि यहाँ त्यस्तो मान्छे कोही भएन ।”
भण्डारीलाई सारिएपछि शिव पौडेलसँग बदला लिन चाहने फणीन्द्र श्रेष्ठको समूहले अरू बन्दीमाथि नियन्त्रण जमाउँदै पौडेललाई एक्लो पार्न थालेको थियो । उक्त समूहको तयारी र कारागार प्रशासनको होसियारीबीच विभागको लापरवाही संयोग मात्र नहुन सक्छ । घटनाको एक सातापछि पौडेलमाथि आक्रमण गर्ने फणीन्द्र श्रेष्ठ, शरण गुरुङ, सुनिल गुरुङ, सुनील केसी र अमृत लामा समेत भरतपुरका १२ वन्दी केन्द्रीय कारागार र नौ वन्दी नख्खु जेल सारिएका थिए । तर, ती घट्नामा प्रत्यक्ष संलग्न रहेको भनिएका श्रेष्ठ सहित तीन जनालाई भने आज (बिहीबार) प्रजातान्त्र दिवशको अवसरमा आममाफी दिइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्