प्रचण्ड–माधव नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड – माधव नेपाल समूहले आज विहिबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।प्रधानमन्त्री केपी वलीले गरेको
्संसद विघटनलाई असंवैधानिक र कदम र निरङ्कुशताको संज्ञा दिदै आएको उक्त समुहले आज अपराह्न चार बजेदेखि पाँच बजेसम्म एक घण्टा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न लागेको हो ।
यसका लागि उक्त समुहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुलाई तोकिएको निश्चित स्थानमा भेला हुन समेत निर्देशन दिएको छ । सोहि अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म र विद्यार्थी संगठनका नेता र कार्यकर्ताहरुलाई भद्रकालीदेखि सुन्धारासम्मको स्थान तोकेको छ ।
प्रचण्ड – माधव नेपाल समूहले संसद विघटनको विरोधमा यस अघि तीन चरणका आन्दोलन सम्पन्न गरिसकेको छ ।
पाँच गतेदेखि १५ गते सम्म घोषणा गरेको आन्दोलनका तालिका अन्तगर्तको यस समुहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्न लागेको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #news, #प्रचण्ड – माधव नेपाल समूह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्