सरकारी कम्यूनिष्ट र सडकका कम्यूनिष्ट दूबै मुलुकका लागि घातक : कांग्रेस नेता जोशी
नेपाली कांग्रेस संखुवासभाले आयोजना गरेको बिरोध सभा ( फोटो फिचर सहित )

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नबिन्द्रराज जोशिले ओली सरकार मक्ता हात्ती भएको आरोप लगाउनुभएको छ । संखुवासभामा आज नेपाली कांग्रेसले गरेको बिरोधसभामा बोल्दै उहाँले मत्ता हात्तीले नेपाली जनतामाथि थिचोमिचो गरेको आरोप लगाउनुभएको हो ।
प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाली जनताको आन्दोलनको बलमा बनेको संबिधानमाथि कुठाराघात गरेको बताउनुभयो । ओलीले सिंगो देश र जनतामाथि बलत्कार गरेको भन्दै वर्तमान कम्यूनिष्ट सरकारलाई जनताले चाडै ठेगानलगाउनेसमेत बताउनुभयो । सरकारले बिघटन गरेको संविधानसभा नेपाल कांग्रेसको आन्दोलनको बलमा पुर्नस्थापना हुने उहाँको भनाई थियो ।
कम्यूनिष्टहरुको पतन शुरु भएको भन्दै जोशीले अहिले सरकारी कम्यूनिष्ट र सडकका कम्यूनिष्ट दूबै मुलुकका लागि घातक भएको बताउनुभयो । उहाँले वर्तमान सरकाले निर्वाचनको नाटक गरेर सर्वसत्तावाद लाद्न खोजेकाले त्यो अभिष्ट पूरा हुन नदिने बताउनुभयो । जोशीले निर्वाचन गरेर देखाउन ओली सरकारलाई चूनौतिसमेत दिनुभयो ।
पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्, नेपाली कांग्रेसका जिल्ला साभपति दिपनकुमार श्रेष्ठलगायतलगायतले स्थानीस्तरबाट उठेको जनलहरले कम्यूनिष्ट सरकार ढाल्ने ठोकुवा गर्नुभयो ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #नाबिन्द्रराज जोशी, #नेपालि कांग्रेस, #बिरोध सभा, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्