प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि जवाफी बहस शुरु

काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि जवाफी बहस शुरु हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको जवाफी आजबाट बहस शुरु हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस गत बिहीबार सकिएको थियो । ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षका वकिलले आज जवाफ दिनेछन्
जवाफी बहसमा नेकपा प्रचण्ड माधव समूहका नेता देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ र शम्मु थापालगायतले बहस गर्नेछन् ।
माघ ४ गते हेर्दाहेर्दैमा राखेर सुनुवाई भइरहेको प्रतिनिधिसभा विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।
जवाफी बहस सकेपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने सर्वोच्च अदालतले जनाएको छ ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा विघटन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्