Techie IT
शनिबार, भदौ २२,२०८१

कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग


कपिलवस्तु । पाँच नम्बर प्रदेश अन्तर्गतको कपिलवस्तु जिल्ला शान्ति सुरक्षाको दृष्टिकोणले अत्ति संवेदनशील जिल्लाको रूपमा मानिन्छ । भारतसँगको खुल्ला सीमा नाका भएकोले पनि यसलाई संवेदनशीलताको हिसाबले अत्ति नै चुनौतीपूर्ण जिल्लाको रूपमा लिइने गरिन्छ । तस्करीको मुख्य अखडाका रूपमा चिनिदै आएको यो जिल्लामा धेरैले प्रहरी प्रमुखको रूपमा आफ्नु नेतृत्व सम्हाले ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु 

७ महिना अघि मात्रै प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न यहाँ आइपुगेका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारी त्यस्ता पात्र हुन् : जसले यहाँको जिम्मेवारी सम्हालेको छोटो समयमै स्थानीयको मन जित्न सफल भएका छन् । जिल्लाको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न यहाँ आइपुगेका (एसपी) अधिकारीले चुनौतीपूर्ण रूपमा रहेको जिल्लाको सुरक्षा व्यवस्थालाई शान्ती सुरक्षामा कायम राख्न मात्रै सफल भएनन् की फरार प्रतिवादीलाइ समेत कानुनको कठघरामा उभ्याउन सफल रहे, गिट्टी बालुवा जस्ता उत्खननमा समेत नियन्त्रणमा लिन उनी र उनको टिमको उल्लेखनीय भुमिका रह्यो ।

पक्राउ परेका मानिसहरू 

त्यस्को अलावा तस्करीको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको यहाँको विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेर अवैध धन्दालाइ नियन्त्रणमा लिन समेत उनी आफैं क्रियाशिल रहे । तस्करीको धन्दालाइ निस्तेज पार्न समेत उनी र उनको टिम अघि छन् । लागूऔषध बरामद तथा नियन्त्रणमा समेत उनी त्यत्तिकै अगाडी देखिएका छन् । २०७७ साल असार ५ गतेदेखि कपिलवस्तु जिल्लाको प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्न यहाँ आइपुगेका (एसपी) अधिकारीले लागुऔषध ओसारपसारलाइ नियन्त्रणमा लिन विशेष अप्रेसन नै चलाए ।

लागुऔषध सहित पक्राउ परेकाहरु

लागुऔषधमा समेत निक्कै आक्रमक देखिएका उनलेे यहाँको नेतृत्व सम्हालेपछि ३९ पुरुष र ४ महिला गरेर ४३ जनालाइ पक्राउ गर्न उनी सफल भए । लागुऔषध ब्राउन सुगर ९६ ग्राम ३३१ मिलिग्राम सहित १९ पुरुष र एक महिला, लागुऔषध चरेस ३७ केजी सहित २ महिला, अफिम १०.५ केजी सहित एक पुरुष र एक महिला, नाइट्राभेट २८२३ ट्याब्लेट सहित १७ पुरुष र ट्रामोल ६२८ क्याप्सुल सहित उनीहरुलाइ पक्राउ गरेर आवश्यक कार्वाही गर्न उनी सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेकाहरु

त्यस्तै, जिल्लामा हुने अवैध तस्करी धन्दालाइ रोक्न समेत उनी आफैं क्रियाशिल देखिए । चालु आ.व. को ७७/७८ असार देखी माघ मसान्तसम्म ३ करोड ५९ लाख १२२ रुपैयाँँ राजर्श्वमा बुझाउन सफल भएका (एसपी) अधिकारीले त्यसमध्य सबैभन्दा बढी श्रावण महिनामा मात्रै ९२ लाख २३ हजार २०६ रुपैयाँ राजर्श्व बुझाउन सफल भयो भने सबैभन्दा कम मंसिर महिनामा १५ लाख ४४ हजार ४८७ सय रुपैयाँ बुझायो । ती मध्य सबैभन्दा धेरै किरानाबाट ३२ लाख ३ हजार २२१ रुपैयाँ र सबैभन्दा कम गाईंगोरुबाट ३९ हजार ६ सय रुपैयाँ बुझाइएको थियो ।

तस्करीका लागी आयात हुँदै गरेका गाईंगोरु

त्यस्तै, विभिन्न अपराधमा संलग्न रहि लामो समयदेखि फरार रहदै आएका १२० जना अपराधीहरुलाइ पक्राउ गर्न समेत एसपी अधिकारीको टिम सफल रहे । लामो समयदेखि फरार रहेका प्रतिवादीलाइ नियन्त्रणमा लिनु नै चुनौतीपूर्ण हुन्छ । तर, (एसपी) अधिकारीले परिचालन गरेको टिमले ४० बर्ष ३ महिना २० दिन कैद सजाय तोकेर फरार रहेका उनीहरुमाथी २५ लाख ३७ हजार ८१५ रुपैयाँ जरीवाना समेत गर्न सफल भयो ।

यो संगै पाँच बर्षको अवधिमा कपिलवस्तु प्रहरीले १६४ बर्ष १ महिना २८ दिन कैद सजाय सुनाइएका ३३५ जना पुरुष र १४ महिला सहित उनीहरुबाट ७२ लाख ९ हजार ६४ रुपैयाँ जरीवाना उठाउन सफल भयो । त्यस्तै, गिट्टी बालुवाको उत्खननमा समेत उनी आक्रमक रूपमा अगाडी देखिएका छन् ।

कपिलवस्तु प्रहरीको अनुसन्धानलाई आधुनिक प्रविधि सँग जोड्दै अनुसन्धान प्रतिको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले बजार परिसरमा एसपी अधिकारीले विशेष प्रहरीलाई परिचालन गर्दै अपराध र अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिन सक्रिय देखिन्छन् ।

त्यस्तै, पौष ११ गते बेलुकी पाँच बजे धारामा पानी लिन गएकी कपिलवस्तु शिवराज ३ करमादी वस्ने मन बहादुर रोकाको छोरी वर्ष १६ की दिपा रोकालाइ हत्या गर्ने कपिलवस्तु शिवराज ४ बनकट्टी वस्ने अतिउल्ला बढईंको छोरा वर्ष २० को अल्ताफ मुसलमानलाई पक्राउ गरी मुलुकी फौजदारी अपराधसंहिता २०७४ को ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गर्न सफल भयो ।

त्यस्तै, मंसिर २७ गते बेलुकी ९ बजेको समयमा कपिलवस्तु शिवराज नगरपालिका ०५ स्थित मकबुल मियाँको घरको पछाडीको आँगनमा सोही घरमा डेरा गरी वस्ने वर्ष ५९ की शुसिला खड्काको हत्या गर्ने भतिज वर्ष २३ को तोरण बहादुर खड्कालाई हत्या प्रकरण जस्ता जघन्य अपराधमा संलग्न अपराधीहरु लाई पक्राउ गर्न कपिलवस्तु प्रहरी सफल भएको यो तथ्यले नै स्पष्ट पार्दछ ।

कम जनशक्तिको बाबजुद पनि (एसपी) अधिकारीले परिचालन गरेका प्रहरीहरु ओहोरात्र खटिएका छन् । उनको यो मिहेनत र लगावले गर्दा नै कपिलवस्तुबासीले सुरक्षाको प्रत्याभुती गर्न पाएका छन् । यसरी अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरु पक्राउ पर्दा पीडितले पनि समयमै न्याय पाउने गरेका छ्न् ।

अपराध नियन्त्रण र निर्मुल पारी सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका समाज गर्न सदैव अग्रसर रहने (एसपी) अधिकारले आफुलाइ संगठन प्रमुखले जुन उद्देश्यले यहाँ खटाइएको छ । त्यसको कुनै पनि हालतमा बिचलित नभइ सदैव सेवामा सम्पर्ति रहने बताए ।

कुनै पनि घटना समाजमा घट्छ भने त्यसको अपराधी देख्ने पहिलो साक्षी समाज नै हुन्छ, (एसपी) अधिकारीले भने त्यसकारण जब आपराधिक क्रियाकलापका विरुद्ध नागरिक बोल्छ तब मात्रै हामीले चाहेको समाजको परिकल्पना गर्न सक्छौं र अपराध लाई जरैबाट उखेल्न सक्छौं, नत्र भन्न सकिदैन ।

(एसपी) अधिकारीले भने म सङ्गठनको विश्वास कायम राख्दै काम गर्ने गर्छु, यहाँ विभिन्न जात, समुदाय र वर्गका मानिसको बसोबास भएको जिल्ला हो । सबैको आवाज सुनुवाइ गर्न सक्ने वातावरण बनाउँदै लगेको छु ।’ कसैको चाकडी होईन, उनलेे भने ।

प्रहरीले गर्ने शान्ति सुरक्षा र अपराध नियन्त्रण नै हो । गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसा आदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनीहरूको लागी प्रमुख चुनौती हुने छ । यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ । यसमा महिना प्रहरी कमान्डको सफलतामा आम नागरिकको साथ र सहयोग कस्तो हुन्छ त्यसमा समेत भर पर्ने सुरक्षा विज्ञहरू बताउँछन् ।

‘प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ’ यो ओपन सेक्रेट नै छ । यस्तोमा राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रूपमा कसरी अगाडि बढाउन सक्छन् अथवा सक्दैनन् । त्यो नेतृत्वको कार्यकुशलतामा निर्भर रहन्छ । उनको पहलमा अहिले जिल्ला प्रहरी कार्यालयलाई भौतिक रूपमा पनि व्यवस्थित बनाएका छ्न् भने सुरक्षीत र व्यवस्थित गर्न कार्यालय परिसरमा पर्खाल निर्माण भईरहेको छ ।

को हुन् :- एसपी अधिकारी ?

नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्यसम्पादन मूल्याङ्कन पहिलो प्राथमिकतामा पर्छ । कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ठ उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो । यस्तै कुशल कार्य गर्ने प्रहरी अधिकारीहरू सुरक्षा चुनौती बढी रहेको क्षेत्रमा कमान्ड दिएर खटाइन्छन् । धेरैको रोजाइमा पर्ने तर चुनौतीका पहाड नाघ्नु पर्ने क्षेत्रमा प्रहरी नेतृत्व लिने अवसर उनीहरूले पाउँछन् ।

एसपी नवराज अधिकारी 

यसैलाई आत्मसात गर्दै अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नेतृत्व प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले गरिरहेका छन् । २०३३ साल असार ०८ गते (आमा) तीर्थ कुमार अधिकारी र (बाबु) हरी प्रसाद अधिकारीको कोखबाट जन्म लिएका अधिकारीको बाल्यकाल कृषि पेशामै बित्यो । बाबु कृषि पेशामा लाग्नुभएका नवराज पनि सानोमा कृषि पेशामा नै लागेका थिए ।

२०४८ सालमा पुनर्वास जनता माध्यमिक बिद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलेे २०५७ सालमा त्रिभुवन बिश्वबिद्धालय कीर्तिपुरबाट अर्थशास्त्रमा मास्टर डिग्री गरेका थिए । त्यसपछि २०५८ साल श्रावण १८ गतेदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी निरीक्षकको रूपमा सेवामा प्रवेश गरेका उनलेे चार ठाउँमा सफल कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न सफल देखिए ।

२०६३ सालमा प्रहरी निरीक्षकको रूपमा पहिलो इन्चार्जको रूपमा उनी ईलाका प्रहरी कार्यालय ढोडरी बर्दियामा कायारर्त थिए । त्यससँगै उनलेे ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषा र महानगरीय प्रहरी बृत पुलचोक ललितपुरको जिम्मेवारी पनि सम्हालेका थिए । प्रहरी निरीक्षककै दर्जामा चार बर्ष डडेल्धुरा युनिफाइड बसेका (एसपी) अधिकारी २०६९ मा डिएसपी र २०७५ मा एसपीको रूपमा बढुवा भए ।

(डिएसपी) हुँदा ईलाका प्रहरी कार्यालय कावासोती, कालिमाटी प्रहरी बृत हुँदै जिल्ला प्रहरी कार्यालय दार्चुलाको नेतृत्व सम्हालिसकेका (एसपी) अधिकारी त्यसपछि एक बर्षका लागी सुडान गए । अहिले ०७७ असार ५ गतेदेखी कपिलवस्तु जिल्ला प्रहरी प्रमुखको नेतृत्व गरेका एसपी अधिकारी नीति निर्माण तहमा अब्बल प्रहरी अधिकृतका रूपमा मानिन्छन्  ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Partly Cloudy
5:44 am6:18 pm +0545