ओली नेतृत्वको नेकपाले आज शक्ति देखाउने
काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
ओली समूहको वागमती प्रदेशले गर्ने जनसभामा प्रधानमन्त्री ओलीसहितका तीन शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
नारायणहिटी गेट अघिल्तिर दरबारमार्गमा दिउँसो १२ बजे जनसभा शुरु हुने ओली समूहका नेताहरूले बताएका छन् ।
काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शनसहित कार्यकर्ताहरूले र्याली निकाल्ने तयारी भइरहेको छ । दरबारमार्गमा भब्य मञ्च बनाइएको छ । मञ्चमा ठूलो डिजिटल स्क्रीन राखिएको छ । ठूलाठूला माइक राखिएका छन् । सबैलाई ओलीको भाषण सुन्ने व्यवस्था गरिएको छ । विभिन्न सञ्चारमाध्यममा लाइभको व्यवस्था पनि गरिएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएको छ । कानूनी रुपमा नेकपा विभाजन नभएपनि गतिविधिहरू अलग अलग भएका छन् ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै विरोधका कार्यक्रम गरिरहेको छ । ओली समूहले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।
विरोधस्वरुप बिहीबार प्रचण्ड–नेपाल समूहले आमहड्ताल गरेको थियो । प्रचण्ड–नेपाल समूहले ओलीको आजको कार्यक्रम विथोल्न नेपाल बन्द गरेको आरोप छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपाले आज शक्ति देखाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्