प्रहरी जवानमाथि गर्भवती बनाएको आरोप, छानबिन समिती निष्क्रिय

चितवन । चितवनमा एक प्रहरी जवानले होटलमा काम गर्ने युवतीलाई यौनसम्बन्ध गराएको घट्नाको ढाकछोप गरिएको छ । भरतपुर अस्पतालको ड्युटीमा खटिएको समयमा प्रहरी जवान समुन्द्र श्रेष्ठले मकवानपुरको मनहरी गाँउपालिका घर भई राप्ती नगरपालिकामा डेरा गरी बसेकी एक महिलासँग प्रेमको नाटक गरेर यौनसम्बन्ध गराई गर्भवती बनाएको घट्नामा छानबिन समिती निष्क्रिय बनेको छ । भरतपुर अस्पतालमा उपचारका लागी आउँदा प्रहरी जवान श्रेष्ठ र ती युवतीको हिमचिम बढेको थियो । त्यससँगै उनीहरु बीच यौंन सम्बन्ध भएपछि प्रहरी जवान श्रेष्ठले यो औंषधी लिनु गर्भ रहदैन भन्ने गरेको पीडित युवतीले बताए ।
लकडाउन अगाडीसम्म प्रहरी जवान श्रेष्ठसँग राम्रो सम्बन्ध रहेको बताउँदै गर्भवती भइसकेपछि उनलेे आफुलाइ वास्ता गर्न छाडेको बताए । मैले गर्भवती भएपछि समुन्द्र श्रेष्ठलाई भनेको थिए । उनलेे भनिन् : औषधी खाउ, सबै ठिक हुन्छ भन्दै हुनुहुन्थ्यो । अनि त्यसपछि मलाई वास्ता गर्न छाड्नुभयो ।
प्रहरी जवानसँगको सम्बन्धपछि गर्भवती बनेकी उनलाई गर्भ बढ्दै जाँदा काम गर्न अप्ठेरो भई बेसहारा र अलपत्रको अवस्थामा पुगेपछि अस्पताल वरपरका केही ब्यक्ति समेतको सहयोगमा मानव सेवा आश्रमका सञ्चालकलाई बोलाई पठाइएको थियो ।
ती पीडित युवती आफुलाइ गर्भवती बनाएर अलपत्र पारेको भन्दै जिल्ला प्रहरी कार्यलय चितवनको महिला शेलमा पनि गइन् । त्यहाँ पुगेका उनी माथी महिला सेलका अन्य प्रहरी कर्मचारीहरुले केही कुरा सोधपुछ पनि गरे । लगत्तै, महिला सेलमार्फत चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङ्गलाई समेत जानकारी गराईयो ।
देशको सुरक्षा प्रदान गर्ने अह्रम जिम्मेवारी बोकेर हिंडेका प्रहरी जवानले आफु बिवाहित हुँदा हुँदै पनि युवतीलाइ अनेक प्रलोभनमा पारी झुक्याएर प्रेमको नाटक गरेर अवैध सम्बन्ध गराएको घट्ना माथि चितवन प्रहरीले कुनै एक्सन लिएको छैनन् । एक बिवाहित प्रहरीले एक महिलालाई यौंनसम्बन्ध गराइ गर्भ रहदाँ समेत पीडित महिलाको चरीत्रलाई दोष दिदै प्रहरीलाई उन्मुक्ती दिन खोज्नु न्यायोचित नरहेको केही प्रहरीहरु बताउँछन् ।
यौनसम्बन्ध जस्तो गम्भीर घट्नाउपर सम्बन्धि प्रहरी कर्मचारीलाई तत्कालै निलम्बन गरेर कार्वाही गराउनुपर्ने हुन्छ । तर, चितवनका एसपी नान्तीराज गुरुङले भने उनलाई कार्वाही गर्नु त परको कुरा उल्टो ईलाका प्रहरी कार्यालय टाँँडी चितवन पठाएर पुरस्कृत गरेको छ । प्रहरी चौकी बरुवामाडी दरबन्दी भइ माघको पहिलो साता ईलाका प्रहरी कार्यालय टाँडी आएका प्रहरी जवान श्रेष्ठलाई अहिले शान्तिचोक बिट पठाइएको छ । त्यहाँका हवल्दार बिदा गएपछि श्रेष्ठलाई त्यहाँ पठाइएको हो ।
हेड्क्वाटरको पत्र रद्दीको टोकरीमा
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन तथा निरीक्षाणलय शाखाले प्रहरी जवान समुन्द्र श्रेष्ठले युवतीलाई गर्भवती बनाएको घट्नाउपर सत्यतथ्य छानबिन गरेर नतिजा जाहेर गर्न चितवन प्रहरीलाई निर्देशन दिएपनि त्यसको हालसम्म कुनै छानबिन हुन सकेको छैनन् ।
हेड्क्वाटरबाट पत्र आएपछि सामान्य स्पष्टीकरण सोधे जस्तो गरेर प्रहरी जवान श्रेष्ठलाई उन्मुक्ति दिइएको जिल्ला प्रहरी कार्यालय चितवनको कप्र स्रोत बताउँछ । स्रोत भन्छन् : एकपटक छानबिन गर्न हेड्क्वाटरले निर्देशन भएको थियो । त्यसपछि ताकेता पनि आएन, अहिले कहाँ गयो, गयो ? केही अत्तोपत्तो छैनन् ।
उनलेे भने, एकचोटि स्पष्टीकरण त सोधेको थियो नै त्यसपछि सोधेजस्तो मलाई लाग्दैन । अब हाकिमले खै के गरे के केही थाहा छैनन् । कार्वाही भएको भए रिपोर्ट आउन्थ्यो होला तर, कार्वाही नै भएको छैनन् । ज्यामिरे कोठा रहेकोले उनलाई टाँडीमा रवाना गरिएको हो । अहिलेलाइ यत्ति बुझ्नुस, उनले भने ।
यता, प्रहरी प्रधान कार्यालयले पनि चितवनबाट कुनै प्रतिवेदन नआएको बताए । केही प्रहरी कर्मचारीहरुका विरुद्ध उजुरी आएको थियो । एक प्रहरीले भने, चितवनबाट अहिलेसम्म कुनै प्रतिवेदन पेश भएका छैनन् । केही प्रहरीलाई अनुसन्धानका लागी हेड्क्वाटर झिकाएका थियौं, अहिले उनीहरुको काज भइसकेको छ । समुन्द्र श्रेष्ठको सम्बन्धमा हामी फेरि ताकेता गर्छौं, उनलेे भने ।
आरोपको खण्डन्
यता, प्रहरी जवान समुन्द्र श्रेष्ठले भने आफुमाथि लागेको आरोपको खण्डन् गरेका छन् । साझापाना अनलाइनको सम्पर्कमा आएका उनलेे आरोप माथि कुनै सत्यता नरहेको र यो सरासर चरीत्र हत्या गराउने काम भएको भन्दै आपत्ति जनाए । म फागुनमा काठमाडौंंबाट रवाना लिएर चितवन आएको हुँ । चितवन आएलगत्तै चैतदेखि लकडाउन भयो । त्यसपछि मलाइ भरतपुर अस्पतालमा रवाना गरियो ।
भरतपुर अस्पतालमा ड्युटी गर्दै थिए । त्यहाँ पुगेपछि ती युवतीसंग मेरो फेसबुकमार्फत चिनजान भएको हो । तर, यहाँ आरोप लगाए अनुसार मैले कसैलाई गर्भवती बनाएको छैनन् । उनले भने, यो आरोप मात्रै हो । मलाई जिल्लाले स्पष्टीकरण सोधेको छ । म चैत देखी भरतपुर अस्पतालमा ड्युटीमा खटिदै आएको थिए । सात महिना पछि मलाई जिल्ला तानिएको थियो अहिले म शान्तिचोकमा छु ।
उजुरी आएको तर्फ ईंगित गर्दै उनलेे भने, मेरो विरुद्धमा उजुरी नि परेको रहेछ । प्रदेशबाट सरहरु आएर छानबिन गरिरहनुभएको छ । म माथि ३ महिना देखी छानबिन भइरहेको छ । छानबिन प्रक्रिया अझै सकिएको छैनन् । साथै, उनलेे आफुले पैसा दिएर मिलाएको भन्ने हल्ला सुनेको बताउदै त्यस्मा कुनै सत्यता नरहेको बताए । मैले कसैलाई केही प्रलोभनमा पारेको छैनन् । उनलेे भने, जाबो एउटा सिपाहीको २० हजार तलबले मैले कसरी प्रलोभनमा पार्न सक्छु ?
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्