टोखा १ द्धारा जेष्ठ नागरिक , अपाङ्गता भएका ब्यक्ती , एकल महिला , हरुलाई सम्मान
टोखा नगरपालिका वडा नं १ ले आइतबार जेष्ठ नागरिक , अपाङ्गता भएका ब्यक्ती , एकल महिला , दलित बालबालिकाहरु लाई सम्मान गरेको छ ।
टोखा नगरपालिकाकी उपमेयर ज्ञान माया डङ्गोलको प्रमुख अतित्यथा , प्रमुख प्रशाकीय अधिकृत प्रकाश आचार्यको बिशिस्ट अतिथ्यमा सो कार्यक्रमको आयोजना गरएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
आमा बुवाहरुको मान सम्मान र कदर स्वरुप भएपनि सम्मान गर्दा नयाँ कार्यको सुरुवात गरेको वडा अध्यक्ष अधिकारीले बताए । उनले भने वडा कार्याललले सबैको भावना अनुरुप उदारणीय कामको सुरुवात गरेको छ ।
आगामी दिनमा पनि बजेटको अवस्था हेरेर जेष्ट नागरिक, बालवालिकाहरुका लागि बिशेष कार्यक्रमहरु तयार गर्ने उनको भनाई छ ।

कार्यक्रममा उपमेयर ज्ञानमाया डंगोलले जेष्ठ नागरिक भनेका भगवान हुन् हामी सबैले सधै कदर गर्नुपर्ने बताउनु भयो ।
देश संघीयतामा गईसकेपनी सबै वर्ग लिंग जानजातिका आ आफ्नै अधिकार छन् ।त्यसमा जेष्ठ नागरिकका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ कार्यको सुरुवाती गरेको उनको भनाई छ ।
जेष्ठ नागरिक भनेका हाम्रा विकास, समाज परिर्वनका मुख्य आधार हुन परिपक्कता र अनुभवले भरपुर्ण ब्यक्तिले हामीलाई महत्वपुर्ण सुझाब सल्लाहा र मार्गनिर्देशन गर्न सक्छन त्यसैले हामीले पनि सधै सम्मान गर्नुपर्छ हाम्रो दायीत्व हो । जब हामी जेष्ठ नागरिकलाई उचित मान सम्मान दिन सक्दैनौ तब हाम्रो कार्य दिगो हुन नसक्ने उपमेयर ज्ञानमाया डंगोलले बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिक, समाजसेवी, पत्रकार, नागरिक समाज, राजनितिक दल लगाएको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा १
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्