Techie IT
सोमबार, वैशाख २२,२०८२

मोटरसाइकल चोरहरुको जालो तोड्दै एसपी गुरुङ, ४ जना पक्राउ


चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने एक समूहलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलसहित ४ जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ९ शरदपुर बस्ने २१ वर्षीय मेलोन सुनार, भरतपुर महानगरपालिका ११ गणेस्थान बस्ने १८ वर्षीय शिव वि.क, भरतपुर महानगरपालिका ८ गौरीगञ्ज पांडेघुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङ र गोर्खा भिमसेन थापा गाउँपालिका–५ घर भइ हाल भरतपुर महानगरपालिका ८ पारसनगर जानकीटोल बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका २ वटा २२० सीसीको पल्सर मोटरसाइकल सहित एउटा डियो स्कुटर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुमध्य सुनारलाई गत, पौष १८ गते राती कालिका नगरपालिका ५ जनज्योती टोलबाट चोरी भएको ना ४६ प १३२० नम्बरको २२० सिसीको मोटरसाइकलको नम्बर प्लेट परीवर्तन गरी प्रदेश नंम्बर २–०३–००१ प १८७४ नम्बर प्लेट लगाएको अवस्थामा भरतपुर महानगरपालिका १० स्थित अष्टभुजा पेट्रोल पम्प पछाडी शंकास्पद अवस्थामा पक्राउ गरेको थियो ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान गर्ने क्रम्मा प्रहरीले अन्य दुइ वटा मोटरसाइकल र एउटा डियो स्कुटरसहित थप तीन जनालाई समेत पक्राउ गर्न सफल भएको हो । गत, पौष १० गते राती रत्ननगर नगरपालिका ३ शान्तिचोकबाट ना . ५७ . प . १८ नम्बरको १५० सिसीको मोटरसाइकल र पौष १६ गते भरतपुर १ रामनगरबाट ना. ४९. प. ५०६८ नम्बरको चोरी भएको डियो स्कुटरसहित भरतपुर महानगरपालिका ८ गौरीगञ्ज पांडेघुम्ती बस्ने २८ वर्षीय सन्तकुमार गुरुङको थापा मोटरसाइकल वर्कशपबाट बरामद गरेको थियोे ।

त्यस्तै, गएको पौष २ गते राती रत्ननगर १० भानु चोकबाट चोरी भएको प्रदेश नम्बर ३ – ०२ – ०१२ प ९९६४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल सहित भरतपुर महानगर ८ पारसनगर जनकीटोल बस्ने ३७ वर्षीय नवराज श्रेष्ठको गाईंगोठबाट बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथी थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाइ गएको पुस २० गते चितवन जिल्ला अदालतबाट पहिलोपटक ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिए । गत, कार्तिक २३ गतेपनि चितवन प्रहरीले चोरीको मोटरसाइकल सहित ७ जनालाई पक्राउ गर्न सफल भएको थियो । जिल्लाको विभिन्न स्थानहरुबाट विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरुको ब्यापक रूपमा खोजतलासमा जुट्दै आएको प्रहरीले यो सफलता हात पारेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545