टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने

नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत आइपी टिभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो ।
कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ ।
यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ । टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटिटिएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजीकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउनुहन्छ ।
उहाँका अनुसार उक्त टिभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आइपी टिभी सञ्चालनमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्