अदालतमा मुद्दा विचाराधीन रहेका कारण कांग्रेसले केही नबोल्ने :देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे अदालतमा मुद्दा विचाराधीन रहेका कारण कांग्रेसले केही नबोल्ने बताएका छन् ।
यद्यपि, उनले प्रतिनिधिसभा विघटन गर्ने कदम गलत भएको बताएका छन् । तर, अदालतमा पुगेको मुद्दालाई प्रभावित हुने गरी कांग्रेसले केही नगर्ने देउवाको भनाइ छ ।
संसद् विघटनको विरोधमा कांग्रेस भक्तपुर क्षेत्र नं २ ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले उसको विश्वास गर्नुको विकल्प नभएको पनि बताएका छन् ।
‘कांग्रेसले अदालतको निर्णय कुरिरहेको छ’, देउवाले भने, ‘निर्णय आएपछि कांग्रेसले के गर्नु पर्ने हो त्यो गर्छ । तर अहिले नै हाम्रो बोल्ने कुरै छैन ।’ पक्ष वा विपक्षमा जस्तो निर्णय दिए पनि सर्वोच्चको निर्णयलाई कांग्रेसले आत्मसात गर्ने देउवाको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले आज देशैभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
सरकारले यही पुस ५ मा राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते नयाँ निर्वाचन मिति घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्