चितवन प्रहरीद्वारा पाँच बिगाहमा लगाइएको अवैध गाँजा खेती नष्ट

चितवन । चितवन प्रहरीले अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११, १२ र १३ का विभिन्न स्थानहरुमा अवैध गाँजा खेती हुने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा खटिएको टोलीले आज पहिलो दिनमै पाँच बिगाहमा लगाइएको करिब दुइ लाख मूल्य बराबरको गाँजाका वोटविरुवाहरु नष्ट गरेको हो ।
टोलीले आज राप्ती नगरपालिका १२ स्थित चात्राङमा लगाइएको उक्त गाँजा खेती नष्ट गरेको हो । दिउँसो साँढे तीन बजेदेखि टोलीले गाँजा खेती नष्ट गर्न सुरु गरेको थियो । साँझ ६ बजेसम्ममा पाँच बिगाहमा लगाइएको गाँजा खेती नष्ट गर्न प्रहरी सफल भएको चितवन प्रहरी स्रोतले जनाएको छ ।
गाँजा खेती नष्ट गर्न भन्दै जिल्ला प्रहरी कार्यालय चितवनको टोली आज तीन दिनका लागी राप्ती नगरपालिका तर्फ गएका थिए । बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय चितवनबाट (डिएसपी) सुर्य बहादुर थापाको कमान्डमा जिल्लाबाट मात्रै ३५ जना प्रहरीहरु त्यसतर्फ गएको हो । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराबाट समेत प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा थप टोलीलाइ लिएर आजै बिहान १० बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ तर्फ प्रहरी गएको बताइएको छ ।
टोलीले वडाका ती बस्तीहरुमा स्थानीयहरुसंँग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत गराउने कार्य समेत रहेकाे छ । लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गर्दै आएको छ । गाँजा फडानी गर्न गएको टोली आगामी (मंगलबार) मात्रै सदरमुकाम फर्किने जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्