काठमाडौँबाट आरूघाट जाँदै गरेको बस तान्द्रांग भीरबाट खस्यो
१ पुस, काठमाडाैँ । काठमाडौँबाट आरूघाट जाँदै गरेको बस भीरबाट खसेको छ । आरूघाट गाउँपालिकाको सोती जादै गरेको बस तान्द्रांगमा भीरबाट खसेको प्रहरीले जनाएको छ । बिहानको राति करिब ४ः ३० बजे बस भीरबाट खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का बर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ बर्षका उत्तम पुडासैनी, बर्ष ३० का मनोज पुडासैनी, बर्ष २९ का उज्वल पुडासैनी, धार्चे गाउँपालिका केरौजाकी ३२ बर्षिय कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइते सवैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाई छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइते मध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइको छ भने २ जनालाई गोरखा अस्पताल ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बस तान्द्रांग भीरबाट खस्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्