ललितपुर महानगरपालिकाद्वारा ४ अर्ब ६१ करोडको बजेट पारित

ललितपुर– आगामी आर्थिक वर्ष ०७५र७६ का लागि ललितपुर महानगरपालिकाले करिब ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ।
महानगरपालिकाको दोस्रो नगरसभाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँ बजेट पारित गरेको हो। नगरसभाबाट पारित निर्णय सोमबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा चालू आर्थिक वर्षमा पुँजीगततर्फ ९८ लाख र चालूतर्फ ४९ लाख २० हजार विभिन्न शीर्षकमा रकमान्तर गरिएको उल्लेख गरिएको छ।ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्षको चैतभन्दा अगाडि असुल गरेको घर बहाल कर तत्काल फिर्ता गर्न पनि नेपाल सरकारसँग माग गरेको छ। स्थानीय कर नेपाल सरकारले लिन नपाउने व्यवस्था अनुसार चैत अगाडि असुल गरिएको घर बहाल कर महानगरलाई तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिएको मेयर महर्जनले जानकारी दिए।
महानगरपालिकाले वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियान चलाउने योजना पनि अघि सारेको छ। महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणा पनि अघि सारिएको छ। त्यसैगरी महानगरपालिका क्षेत्रभित्रका भूकम्प प्रभावितहरुको लाभग्राहीको नाम सूचीमा समावेश भएका व्यक्तिलाई ३ हजार वर्ग फुटसम्मको क्षेत्रफलको नक्सापास दस्तुर मिनाहा गरिएको पनि मेयर महर्जनले बताए।
मापदण्ड विपरीत निर्माण भएका भवनहरुलाई पनि करको दायरा भित्र ल्याउने योजना अघि सारिएको छ । महानगरपालिकाले खानेपानी व्यवस्थापनका लागि पानी बोरिङको वैज्ञानिक अध्ययन गर्ने निर्णय पनि गरेको छ।
कार्यक्रम सताब्दि पुरुष डा। सत्य मोहन जोशीको प्रमुख आथित्यता माझ् सम्पन्न भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ललितपुर महानगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्