चितवनमा एक प्रहरीद्वारा आत्महत्या
चितवन । चितवनमा एक प्रहरी हवल्दारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कायारर्त ३५ बर्षीया प्रहरी हवल्दार होम प्रसाद ढकालले गएराती आत्महत्या गरेका हुन् ।
शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा पासो लगाइ झुन्डिएर उनले आत्महत्या गरिएको प्रहरी स्रोतले जनाएको छ । ढकाल एक बर्षअघि मात्रै हवल्दारमा बढुवा भएका थिए । झन्डै १५ बर्ष अगाडी प्रहरी जवानमा भर्ना भएका उनी सामुदायिक प्रहरी सेवा केन्द्रमा रहदा आफूलाई दिएको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्ने गरेको उनी संँगै काम गर्ने प्रहरीहरु बताउँछन् ।
उनले आत्महत्या गरेको क्षेत्र इलाका प्रहरी कार्यालय दिब्यनगरको मातहतमा पर्दछ । हवल्दार ढकालले आत्महत्या गरेको खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँट्मा कायारर्त प्रहरी निरीक्षक स्याम कुमार बस्नेतको कमान्डमा प्रहरीको टोली मुचुल्का उठाउन घट्नास्थलतर्फ परिचालन भएको थियो ।
अहिले टोलीले मुचुल्का उठाउने काम सकेर शवलाई पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा पठाइएको छ भने, पोस्टमार्टमको काम सकिएसंगै शवलाई आफन्तको जिम्मा लगाउने चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्