लोकसेवाले माग्यो ५ सय १३ जना शाखा अधिकृत (विज्ञापनसहित)
काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको हो ।
आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो । सूचना अनुसार सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको बिज्ञापनमा एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ । न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।
तयस्तै, आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।
परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।
दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लोकसेवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्