चितवनमा सवारी दुर्घट्ना : प्रहरी जवानको मृत्यु

चितवन । चितवनको भण्डारामा भएको सवारी दुर्घट्नामा एक जना प्रहरीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत ३३ बर्षीया प्रहरी जवान सुजन न्यौपानेको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई आज (आइतबार) साँझ ८ बजे राप्ती नगरपालिका ६ भण्डारामा ठक्कर दिइएको थियो । ट्याक्टरको ठक्करबाट घाइते न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले जानकारी दिए । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार छन् भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा सवारी दुर्घट्ना सम्बन्धि अन्तरक्रिया लगायत जनचेतनामुलक कार्य हुने गरेको भएपनि दुर्घट्नामा भने कमी आउन सकेको छैन । केही समय अगाडि पनि सवारी दुर्घट्नामा परी सोही कार्यालयमा कायारर्त एक प्रहरी हवल्दारले आफ्नु ज्यान गुमाएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्