चितवनमा सवारी दुर्घट्ना : प्रहरी जवानको मृत्यु
चितवन । चितवनको भण्डारामा भएको सवारी दुर्घट्नामा एक जना प्रहरीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुली दरबन्दी भई ईलाका प्रहरी कार्यालय भण्डारामा कार्यारत ३३ बर्षीया प्रहरी जवान सुजन न्यौपानेको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई आज (आइतबार) साँझ ८ बजे राप्ती नगरपालिका ६ भण्डारामा ठक्कर दिइएको थियो । ट्याक्टरको ठक्करबाट घाइते न्यौपानेको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले जानकारी दिए । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार छन् भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवनमा सवारी दुर्घट्ना सम्बन्धि अन्तरक्रिया लगायत जनचेतनामुलक कार्य हुने गरेको भएपनि दुर्घट्नामा भने कमी आउन सकेको छैन । केही समय अगाडि पनि सवारी दुर्घट्नामा परी सोही कार्यालयमा कायारर्त एक प्रहरी हवल्दारले आफ्नु ज्यान गुमाएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्