टोखा ५ को कल्कि मन्दिरदेखि वाशुदेब मार्गसम्मको बाटो निर्माण कार्य हुदै
शोभा तामाङ
१८ मङ्सिर काठमाडौं, टोखा ५ कल्की नारायण मन्दिर देखि धापासी जाने बाटोको तेस्रो तथा अन्तिम खण्ड कल्की मन्दिर देखि बाशुदेव मार्गसम्मको बाटो बनाउने कार्य भइरहेको छ।
टोखा नगरपालिका वडा ५ को बजेट सहयोगमा सम्पन्न गर्ने लागिएको उक्त आयोजनाको सम्झौता रकम रु ५४,३६,०२७/८७ रहेको र उक्त १४ देखि २० मिटर चौडाइ ३०० मिटर लम्बाई भएको बाटोलाई केही दिन भित्रै पक्की बनाइने वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनु भयो।
साथै उक्त बाटोमा वडा नम्बर ५ को रु ४८,१६,००० र स्थानीय जनश्रमदानबाट रु ६,००,०२७ बराबरको सहयोगमा बाटो निर्माण गरिने छ।
बाटो निर्माणका लागि उपभोक्ता समितिमा कल्की नारायण टोल बिकास सस्थाले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अघि बढाइएको उक्त बाटोमा खानेपानी पाइप बिछ्याइ ढल निर्माण र विधुतलाइ व्यवस्थित गर्ने कार्य सम्पन्न गरि बाटो पक्की गर्ने कार्य भइरहेको पनि अध्यक्षले जानकारी दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #कल्कि मन्दिरदेखि वाशुदेब मार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्