Techie IT
सोमबार, असार १६,२०८२

तारकेश्वरमा बिद्यालय खोल्ने निर्णयप्रति जनप्रतिनिधिकै आपती

पूर्व तयारी बिना गरिएको निर्णय पुनराबलोकन गर्ने माग


तारकेश्वर । तारकेश्वर नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका बिद्यालय खोल्ने निर्णय गरेको छ । स्कूल संचालन बिधि र सुरक्षा सतर्कता बारे १३ बुँदे कार्य ढाँचा जारी गरेको नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेले साझापाना अनलाइनलाई बताए ।

तर नगरपालिकाकै निर्णयप्रति वडा अध्यक्ष सहित केहि जनप्रतिनिधिले असन्तुष्टी जनाएका छन । वडा अध्यक्ष एवं शिक्षाबिद समेत रहेका मधुकार्कीले सामाजिक संजाल मार्फत असन्तुष्ट ब्यक्तm गरेका हुन । नगरभित्र कोरोनाले पारेको गहन अध्यन , अभिभावकहरुसंग छलफल एवं पूर्व तयारी बिना गरिएको शिक्षा समितको निर्णय पुनराबलोकन गर्ने वडा अध्यक्ष कार्कीले आग्रह गरेका छन ।

नगर शिक्षा समितिमा मेयर , उपमेयर , कार्यकारी अधिकृत , शिक्षा प्रमुख गरि ११ सदसीय समिति रहने ब्यवस्था छ । कोरोनाको भयवह स्थीतीमा शिक्षण संस्था खोल्दा आइपर्ने जोखीमको बिषयमा नगरपालिकाको के तयारी छ ? उनले गम्भीर प्रश्न गरेका छन ।

जनप्रतिनिधिलेनै नगरपालिकाको निर्णयको पुनरावलोकनको माग गरीरहँदा तारकेश्वर भित्र तरङ्ग पैदा भएको छ । तर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले सो कुराको खण्डन गरेका छन । शिक्षासंग सरोकार राख्ने बिभिन्न ब्यतmी एवं अभिवाभकहरु संग समन्वयन गरि नगर शिक्षा समितिले सो निर्णय गरेको उनको भनाई छ ।

बिद्यालय संचालन गर्दा आवश्यक जोखीमको पहीचान गरि कम जोखीम भएको स्थानमा संचालन गरिने र अविभाबकको पूर्ण निगरानीमा सम्पूर्ण सुरक्षा सर्तकता अपनाई संचालन गरिने प्रमुख न्यौपानेको भनाई छ ।

नगर शिक्षा समितिले यही मंसीर २१ गते बाट स्कूल संचालन गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्नका लागि मन्त्रालयले बाटो खोलेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरमा बिद्यालय खोल्ने निर्णय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545