गोरखा गण्डकी गाउँपालिकाका चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो ।
काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आउनुभएका रोहित श्रेष्ठ तथा आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आउनुभएका आकाश बञ्जारा (सफल व्यवसायी) र गण्डकी गाउँपालिका वडा नं. ५, दर्बुङ घर भई हाल जापानमा रहनुभएका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराउनु भएको हो ।
ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको थियो । रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुनुहुन्छ । उहाँले सो सहयोग रकम काठमाडौं निवासी आमा कमला श्रेष्ठ मार्फत स्वर्गीय बुबा रामकुमार श्रेष्ठको पुण्य स्मृतिमा उपलब्ध गराउनु भएको हो । रोहित श्रेष्ठले बिपन्न चेपाङहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि बिपन्न र समस्यामा परेकाहरुको सहयोगमा आफू लाग्ने समेत बताउनु भयो । सो सहयोग कार्यक्रम ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष समेत रहेका आकाश बन्जारा र सचिब बिराटबाबु खनालले समन्वय गर्नु भएको थियो ।
भद्रकाली मा.वि. भुम्लीचोकमा आयोजित एक कार्यक्रमका बिच सो सामग्रीहरु विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिम्क गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना मगरले चेपाङ विद्यार्थीको शैक्षिक विकासको लागि विदेशमा रहेर पनि गर्नुभएको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उहाँले सहयोगीदाताहरु रोहित श्रेष्ठ, आकाश बञ्जारा तथा बिराट बाबु खनाललाई विपन्न चेपाङहरुको शैक्षिक उन्नतिको लागि पुर्याऊनु भएको योगदान प्रति गाउँपालिकाले सधैँ प्रशंसा गर्ने समेत बताउनु भएको थियो । सोमबार आयोजित कार्यक्रममा सोही वडाका अध्यक्ष जीवन गुरुङ, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज तिमल्सिना, चेपाङ अभियन्ता केपीकिरण शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा, समाजसेवी निलकण्ठ लामिछाने, देवेन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी गाउँपालिकाका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्