प्रचण्डलाई ओलीको चेतावनी, ‘परिणामको जिम्मा लिन तयार हुनुस्’
काठमाडाैं, १४ मंसिर । प्रधानमन्त्री केपी ओलीले आफूले पार्टीभित्र गुट नचलाएको दाबी गरेका छन्। उनले आफूमाथि पार्टी विभाजन र एकताको आधार भत्काएको आरोप लगाएका दाहाललाई पुष्टि गर्न र पुष्टि गर्न नसके त्यसबाट निम्तिने परिणामप्रति जवाफदेही बन्न तयार हुन भनेका छन्।
‘तपाईंले मलाई व्यक्तिवादी, गुटवादी र एकाधिकारवादीको आरोप लगाउनुभएको छ, पार्टीमा उत्पन्न अन्योल र गतिरोधका लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार करार गर्नुभएको छ। सक्नुहुन्छ भने यी आरोप प्रमाणित गरेर देखाउनुस्,’ ओलीले भनेका छन्। उनले दाहालप्रति आक्रोश पोख्दै अगाडि भनेका छन्, ‘तपाईंले अझ अगाडि बढेर मलाई चरम असहिष्णु, बहुमतको निर्णय मान्दिनँ भन्ने दम्भी, बुर्जुवा अराजकतावादी, सामन्ती, निरंकुश आदि अनेकौं फरेब लगाउनुभएको छ। मलाई नवउदारवादी, दलाल–नोकरशाही पँुजीवादी र समाजवादविरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली परम्परागत संसदीय गणतन्त्रमा बदलिएको निष्कर्ष निकाल्नुभएको छ। ममाथि भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको, विदेश मामिला र कूटनीतिमा अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको जस्ता आरोप लगाउनुभएको छ। के यी आरोप पुष्टि गर्न सक्नुहुन्छ ?’
दाहालको प्रतिवेदनको जवाफमा ओलीले लेखेका छन्, ‘ममाथि संघीयताविरोधी भएको लगायत फौजदारी प्रकृतिका संगीन र झुटा लाञ्छना लगाइएको छ। कम्युनिस्ट आन्दोलनमा यो कस्तो संक्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरू हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ। म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्छु। यति धेरै आरोप र अभियोग लगाइसकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि गम्भीर आत्मसमीक्षा र आत्मालोचनाको माग गर्नुभएको छ। यी आरोप सत्य हुन् भने यति गम्भीर अपराध गरेपछि पनि आत्मालोचना गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ, कि यी आरोप पुष्टि गर्नुस्, होइन भने परिणामप्रति जवाफदेही हुन तयार रहनुस्।’ टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डलाई ओलीको चेतावनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्