प्रचण्डलाई ओलीको चेतावनी, ‘परिणामको जिम्मा लिन तयार हुनुस्’

काठमाडाैं, १४ मंसिर । प्रधानमन्त्री केपी ओलीले आफूले पार्टीभित्र गुट नचलाएको दाबी गरेका छन्। उनले आफूमाथि पार्टी विभाजन र एकताको आधार भत्काएको आरोप लगाएका दाहाललाई पुष्टि गर्न र पुष्टि गर्न नसके त्यसबाट निम्तिने परिणामप्रति जवाफदेही बन्न तयार हुन भनेका छन्।
‘तपाईंले मलाई व्यक्तिवादी, गुटवादी र एकाधिकारवादीको आरोप लगाउनुभएको छ, पार्टीमा उत्पन्न अन्योल र गतिरोधका लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह्रासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार करार गर्नुभएको छ। सक्नुहुन्छ भने यी आरोप प्रमाणित गरेर देखाउनुस्,’ ओलीले भनेका छन्। उनले दाहालप्रति आक्रोश पोख्दै अगाडि भनेका छन्, ‘तपाईंले अझ अगाडि बढेर मलाई चरम असहिष्णु, बहुमतको निर्णय मान्दिनँ भन्ने दम्भी, बुर्जुवा अराजकतावादी, सामन्ती, निरंकुश आदि अनेकौं फरेब लगाउनुभएको छ। मलाई नवउदारवादी, दलाल–नोकरशाही पँुजीवादी र समाजवादविरोधी आक्षेप लगाउँदै मेरा कारणले वर्तमान प्रणाली परम्परागत संसदीय गणतन्त्रमा बदलिएको निष्कर्ष निकाल्नुभएको छ। ममाथि भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको, विदेश मामिला र कूटनीतिमा अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको जस्ता आरोप लगाउनुभएको छ। के यी आरोप पुष्टि गर्न सक्नुहुन्छ ?’
दाहालको प्रतिवेदनको जवाफमा ओलीले लेखेका छन्, ‘ममाथि संघीयताविरोधी भएको लगायत फौजदारी प्रकृतिका संगीन र झुटा लाञ्छना लगाइएको छ। कम्युनिस्ट आन्दोलनमा यो कस्तो संक्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरू हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ। म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्छु। यति धेरै आरोप र अभियोग लगाइसकेपछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि गम्भीर आत्मसमीक्षा र आत्मालोचनाको माग गर्नुभएको छ। यी आरोप सत्य हुन् भने यति गम्भीर अपराध गरेपछि पनि आत्मालोचना गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ, कि यी आरोप पुष्टि गर्नुस्, होइन भने परिणामप्रति जवाफदेही हुन तयार रहनुस्।’ टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डलाई ओलीको चेतावनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्