टोखामा १६ दिने लैंगिक हिंसा विरूद्धका कार्यक्रम

काठमाडौं । टोखा नगरपालिका १६ दिने लैंगिक हिंसा विरूद्धका कार्यक्रम सुरु भएको छ । यसपटक कोरोना महामारीले गर्दा भर्चुअल विधिबाट “मानसिक स्वास्थ्य र मनोविमर्श” नामक अन्तक्र्रिया कार्यक्रम सुरु भएको छ । १६ दिने अभियानको संयोजक टोखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलको नेतृत्वमा विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरु हुँदै आएको थियो । विगतका वर्षहरुमा भौतिक रुपमा उपस्थित भएर प्रत्येक वडामा लैंगिक हिंसा विरूद्धका जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको थियो ।
यसपटक १६ दिने अभियान अन्तर्गत २ दिन भर्चुअल विधिबाट कार्यक्रम सुरु भएको कार्यक्रमका संयोजक तथा टोखा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले बताउनुभयो । यसपटकको कार्यक्रम टोखा नगरपालिकाको आयोजना र ओरेक नेपालको सहकार्यमा सुरु भएको छ । आजको कार्यक्रममा टोखाका सबै वडाका जनप्रतिनिधिहरु, नगर साखाहरुको प्रमुख र नगर भित्रका संघ÷संस्थाहरुको प्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले आज कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसाको बारेमा मन्तव्य राखेका थिए । त्यस्तै नगर महिला तथा बालबालिका साखा निरिक्षक बिमला वाग्लेले पनि मन्तव्य राखेका थिए ।
आजको कार्यक्रमको प्रशिक्षक ओरेक नेपालका रूपा भट्टराईले “मानसिक स्वास्थ्य र मनोविमर्श” बारे भिडियो डकुमेन्ट्री सहित प्रशिक्षण दिनुभएको थियो । त्यस्तै अर्को कार्यक्रम डिसेम्वर ४ तारिखका दिन हुने नगर उप–प्रमुख ज्ञानमायाँ डंगोलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #लैंगिक हिंसा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्