उच्च सतर्कता अपनाउँदै राष्ट्रकाे बिकास समृद्धिका लागि देश समुन्नति तर्फ उन्मुख हुने : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस (कोभिड १९)बाट उच्च सतर्कता अपनाउँदै राष्ट्रकाे बिकास समृद्धिका लागि युद्ध स्तरमा काम गरे देश समुन्नति तर्फ उन्मुख हुने बताएका छन् ।
राजधानीकाे चन्द्रागिरि १५ तीनथानामा सतुंगल डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले राज्यका हरेक क्षेत्रमा कोरोनाको प्रभाव भएपनि बिस्तारै सामान्य जीवन तर्फ उन्मुख हुदै अगाडि वढ्नु पर्ने बताएका हुन् । मन्त्री भट्टले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रलाई चलायमान बनाउँदै लैजानुपर्ने बताए । कुनै पनि मुलुकको विकासका निम्ति त्यहाँका नागरिक स्वस्थ हुनुपर्ने बताउँदै भट्टले मानिसलाई स्वस्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको समेत दाबी गरे ।
खेलकुदका क्षेत्रमा राज्यले गर्नुपर्ने भूमिकामा केही समस्या भएपनि आगामी दिनमा यसलाई परिष्कृत गर्दै लैजानुपर्ने मन्त्री भट्टको भनाइ छ । चन्द्रागिरि १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले देशकाे विकास समृद्धका लागि राज्यले शिक्षा,स्वास्थ र खेलकुदकाे विकासमा लगानी गर्न सकेमात्र समृद्धिकाे अाधार तय हुने बताए ।
सतुंगल डोजोका मुख्य प्रशिक्षक सागर शाहीले खेलाडीको हीतका लागि राज्य अभिभावक बन्नसक्नुपर्ने बताउनुभयो । आफूले नेपालमा कराँतेको विकासका लागि धेरै कार्यक्रम गरिरहेको बताउँदै शाहीले त्यसमा राज्यको उपस्थिति कम रहेको गुनासो गरेका छन।
कार्यक्रममा डाेजाेले विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरेकाे छ । खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलाडी दीपक विष्ट, आयुशा शाक्य सम्मानित भएका छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा, कलाकारितालगायतका क्षेत्रबाट विशिष्ठ व्यक्तिहरू सम्मानित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेखराज भट्ट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्