Techie IT
मंगलबार, वैशाख २३,२०८२

यस्तो छ पार्टी विवाद बारे उपप्रधानमन्त्री पोखरेलको अपील


उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्ने उद्घोष गरेको बताएका छन् ।

पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको तथ्यहिन, आधारहिन र पार्टी एकतामा गम्भिर आँच आउने उदेश्यबाट प्रेरित आरोप अस्वीकार गरेको बाएका छन् ।

वुधबारको सचिवालय बैठकबारे लेख्दै उपप्रधानमन्त्री अपोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफूमाथि लगाइएका “तथ्यहीन , आधारहीन, पार्टी एकतामा गंभीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरू” लाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गर्नुभएको छ केपी शर्मा ओलीले सचिवालयको बैठकमा ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले ति आरोपहरुको व्यवस्थित रुपमा खण्डन गर्ने पनि उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । ‘यो गंभीरतालाई पार्टी एकताको पक्षमा उभिनु भएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसै अनुसार आफूलाई तयार बनाऔं !!’ पोखरेलले कार्यकर्तालाई अपील गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी विवाद बारे उपप्रधानमन्त्री पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545