नेकपाको सचिवालय बैठक : सचिवालयका सबैले राजीनामा दिनुपर्ने अर्को प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीका कार्यकर्ता र जनभावना अनुसार काम गर्न नसकेको भन्दै सचिवालयका सबैजनाले राजीनामा दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो ।
‘पार्टी एकिकरण के का लागि भएको हो ? हामी कसरी चल्नुपर्ने थियो ? आज हामी के विषयमा छलफल गर्दैछौं ?, प्रश्न उठाउँदै महासचिव पौडेलले यस्तो धारणा राखेपछि सबै स्तब्ध बनेको सहभागी स्रोतले खुलानेपाललाई जानकारी दियो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको पत्र अध्ययन गर्न र तयारी गर्न समय अपुग हुने बताउनुभएको थियो ।
सोही अनुसार बैठक पुन १० दिन पछि बस्ने गरी सकिएको हो ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आधारहीन, तर्कहीन कुरा राखेर आफूमाथि घेराबन्दी गरिएको, सरकारलाई काम गर्न नदिएको, राम्रो कामप्रति कहीँ कतै जस नदिएको भन्दै प्रतिवाद गर्नुभएको थियो ।
भदौ २६ गतेको सहमति अनुसार काम गर्न छोडेर पत्राचार गर्नतिर लागेकोमा आश्चर्य समेत जनाउनुभएको थियो ।
उहाँले पार्टी गतिविधि ठप्प रहेको, एकीकरणको मूल मर्म अनुसार काम हुन नसकेकोमा जनता रुष्ट रहेको भन्दै त्यस अनुसार पार्टीलाई अघि बढाउनुपर्ने धारणा समेत राख्नुभएको स्रोतले जानकारी दियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाको सचिवालय बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्