चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ
प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो ।
मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरिमा बालिका बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्