वीर अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
कात्तिक । वीर अस्पतालका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
आफ्ना मागहरु पूरा नभएको भन्दै इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।
पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ ।
त्यस्तै, अस्पतालले धम्की दिँदै काममा खटाएको समेत उनीहरुको भनाइ रहेको छ ।
उनीहरुले महामारीबा बीच काम गर्दा भएको अस्पतालको यस्तो व्यवहारले आफूहरुको मनोबल खस्केको बताएका छन् ।
त्यस्तै, काममा आवश्यक स्वास्थ्य सामाग्री पनि अस्पतालले उपलब्ध नगराएको उनीहरुको आरोप छ ।
राजीनामा दिने सबै इमरजेन्सीमा खटिने मेडिकल अधिकृतहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #वीर अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्